जनकपुरधाम, २७ माघ । नेपाली कांग्रेस धनुषाका सक्रिय नेता तथा नेपाल तरुण दल जनकपुरधामका नगर सभापति पंकज कुमार महतोले पार्टी सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।

जिल्ला सभापति समक्ष बुझाइएको राजीनामा पत्रमा महतोले आफूले धनुषा क्षेत्र नं. ३ (ख) का प्रदेश सदस्य तथा तरुण दल नगर सभापतिका रूपमा काम गर्ने अवसर पाएकोमा पार्टीप्रति आभार व्यक्त गरेका छन् ।

साथै, आफ्नो कार्यकालभरि पार्टीका पदाधिकारी तथा सदस्यहरूबाट पाएको सहयोग, साथ र विश्वासप्रति कृतज्ञता प्रकट गरेका छन् ।

राजीनामा पत्रमा उनले माघ २७ गतेदेखि लागू हुने गरी पार्टी सदस्य नरहने निर्णय गरेको उल्लेख गरेका छन् । साथै, पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन् ।

आगामी दिनमा उनको राजनीतिक कदम के हुने भन्ने विषयमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।