जनकपुरधाम, १७ माघ । प्रेस तथा प्रजातन्त्र सेनानी स्वर्गीय राजेश्वर नेपालीको योगदानलाई समर्पित अभिनन्दनग्रन्थमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ग्रन्थको औपचारिक हस्तगत (विमोचन) समेत गरिएको थियो ।

परिचर्चा कार्यक्रममा अर्थविद् डा. भोगेन्द्र झाले स्व. नेपालीको जीवन सङ्घर्ष र योगदानलाई नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोड्दै व्याख्या गरे । उनले प्रेस स्वतन्त्रता, लोकतन्त्र र आर्थिक न्यायबीचको अन्तरसम्बन्ध उल्लेख गर्दै प्रजातन्त्र मजबुत बनाउन सचेत र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा राखे ।

वक्ताहरूले अभिनन्दनग्रन्थले राजेश्वर नेपालीको पत्रकारिता, प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र मूल्य मान्यतालाई दस्तावेजीकरण गरेको बताए । उनीहरूले यस्तो ग्रन्थ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले राजेश्वर नेपालीलाई सत्य, निर्भीकता र जनपक्षीय पत्रकारिताको मार्गदर्शकका रूपमा चित्रण गर्दै उनको विचार र संघर्ष आज पनि सान्दर्भिक रहेको बताए ।

कार्यक्रममा अभिनन्दनग्रन्थ औपचारिक रूपमा हस्तगत गरिनुका साथै आयोजकले यसले प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक चेतनाको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।