मधेश प्रदेश सभाको बैठक पहिलो पटक मैथिली भाषामा सञ्चालन

जनकपुरधाम, १७ माघ । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मैथिली भाषाबाट सञ्चालन गर्दै नयाँ अभ्यासको शुरुवात गरेका छन् ।
प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सभाको कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे धारणा राखेका हुन् ।
बैठकको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो । सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा तोकिएको नभएकाले दुवै भाषालाई समेट्ने प्रयास गरिएको बताए ।
प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास अपनाइएको सभामुख यादवको भनाइ छ । उनले मातृभाषाको सम्मान र सबै सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि मैथिली र नेपाली दुवै भाषाको प्रयोग गरिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

