महोत्तरीमा वृद्धा बेपत्ता भएको दुई दिनपछि मृत फेला

महोत्तरी, १६ माघ । दुई दिनअघि आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीकी एक वृद्धाको शव आज उखु बारीमा फेला परेको छ ।
परिवारका अनुसार गौशाला नगरपालिका–१ रामनगरस्थित आफ्नै घरमा सुतिरहेकी ७३ वर्षीया रासो देवी यादव माघ १४ गते राति बेपत्ता भएकी थिइन् ।
उनका छोरा हरी यादवले आमा बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए ।
परिवार र स्थानीयको खोजतलासका क्रममा घर अगाडिकै उखु बारीमा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको भएपनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन ।
शव परिक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

