सिरहा, १६ माघ । सिरहामा एक किसानको गोली हानी हत्या गरिएको  छ ।

सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिरहा नगरपालिका वडा नम्बर-७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो । 

आफ्नै खेतमा ट्र्याक्टरले खेत जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

खेत जोत्न गएका उनीमाथि गोली हानेर हत्या गरेको भन्ने खबर पाउनासाथ वडाअध्यक्ष महेशकुमार यादवले प्रहरीलाई खबर गरिएको जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।