नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं, १५ माघ । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय फागुन १ गतेदेखि लागू हुने गरी गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
उक्त निर्णयअनुसार नेपाल प्रहरीका सबै कर्मचारीको दैनिक रासनबापतको रकम बढाइनेछ भने आवश्यक भत्ता तथा सुविधा सुधारसमेत गरिने बताइएको छ ।
मन्त्री अर्यालले प्रहरी सेवा सशक्त, व्यवस्थित र जनसुरक्षामा प्रभावकारी बनाउन सरकारले यो कदम चाल्दै आएको उल्लेख गरेका छन् ।
सरकारको यो निर्णय प्रहरी कर्मचारीबीच स्वागतयोग्य रहेको छ । यसले उनीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

