कांग्रेस सभापति थापा मधेश प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने

जनकपुरधाम, १५ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा बस्ने प्रदेश कार्यसमितिको बैठकमा सहभागिता जनाउँदै सम्बोधन गर्ने भएका छन् ।
बैठकमा फागुन ७ मा जनकपुरधाममा आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा छलफल हुने पार्टी मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
सभापति थापाले प्रदेशभर पार्टीको प्रचारप्रसार प्रभावकारी र व्यवस्थित बनाउन निर्देश तथा मन्तव्य दिने तयारी छ ।
बैठकमा मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूलाई पनि बोलाइएको छ ।
सभापति थापा स्वयं फागुन २१ गते हुने निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार रहेका कारण आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त छन् ।
कांग्रेसले फागुन ७ मा जनकपुरधाममा हुने सभाबाट औपचारिक रूपमा प्रचार अभियान सुरु गर्ने योजना बनाएको छ । त्यसको तयारीको लागि कार्यसमितिको बैठक राखिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

