मधेश प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

जनकपुरधाम, १५ माघ । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार रविदास जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दलित तथा सीमान्तकृत समुदायले श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका अनुसार समुदायको सम्मान तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो ।
सोही निर्णयअनुसार माघ १८ गते आइतबार मधेश प्रदेशभर सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शैक्षिक संस्थामा बिदा रहनेछ ।
गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा रविदास जयन्ती दलित तथा सीमान्तकृत समुदायको धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण पर्व भएकाले यसलाई सम्मानस्वरूप बिदा दिइएको उल्लेख गरिएको छ ।
मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा जारी सूचनामार्फत सम्बन्धित सबै निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
प्रदेश सरकारले पछिल्लो समय विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा घोषणा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

