महोत्तरी, ११ माघ । प्रादेशिक अस्पताल जलेश्वरमा नयाँ नेतृत्वको जिम्मेवारी डा. रवि श्रीवास्तवलाई दिइएको छ । आइतबार नै उनले पदभार ग्रहण गरेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. श्रीवास्तवलाई जलेश्वर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रूपमा नियुक्त गरिएको हो ।

उनी कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन् । स्वास्थ्य क्षेत्रको लामो अनुभव भएका कारण यो जिम्मेवारी उनलाई सुम्पिएको बताइएको छ ।

नवौँ तहका कर्मचारी रहेका डा. श्रीवास्तवले पदभार ग्रहण गर्दै अस्पतालको व्यवस्थापन सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो कार्यकालभित्रै प्रादेशिक अस्पतालको मुहार परिवर्तन हुने बताए ।

उनले अस्पतालमा दैनिक सयौँ विरामी आउने भएकोले व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने समेत स्पष्ट पारेका छन् ।