पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाममा, जानकी मन्दिर दर्शनपछि पैदल मार्च गर्ने

जनकपुरधाम, ११ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार जनकपुरधाम पुगेका छन् ।
उनी सोमबार जानकी मन्दिरमा दर्शन गरेपछि पैदल मार्च गर्ने कार्यक्रम रहेको छ ।
नेपाल राष्ट्रवादी नागरिक समाज धनुषा शाखा अन्तर्गत मूल स्वागत समारोह समितिले पूर्वराजाको स्वागत एवं सम्मानका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूले जानकी मन्दिर, राम मन्दिर र राजदेवी माताको मन्दिरमा पूजा आराधना गर्ने तालिका रहेको छ ।
समारोहको अध्यक्ष प्रकाश जंग राणा, सचिव संतोष साह र संयोजक रितेश कुमार सिंह रहेका छन् । समितिले सबैलाई सो कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

