जनकपुरधाम, ११ माघ । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

आज सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार महिलातर्फ एमालेकी रेखा झा, अल्पसंख्यकतर्फ कांग्रेसका रञ्जित कर्ण, दलिततर्फ कांग्रेसकै धर्मेन्द्र पासवान तथा अन्य क्लष्टरतर्फ जसपाका महन्थ ठाकुर विजयी भएका हुन् ।

यस्तो छ मतपरिणामः
🔹 महिला क्लष्टर
रेखा झा (एमाले) – ७,२२२ (विजयी)
शमी कुमारी अग्रवाल (नेकपा) – १,९४४
चन्द्रकला देवी साह (जसपा) – ३२२
बदर – ३५७
🔹 अल्पसंख्यक क्लष्टर
रञ्जित कर्ण (कांग्रेस) – ८,०९३ (विजयी)
रामनन्दन प्रसाद (नेकपा) – १,३६१
शैलेश कुमार चौधरी (जसपा) – २७७
बदर – ११४
🔹 दलित क्लष्टर
धर्मेन्द्र पासवान (कांग्रेस) – ७,९०४ (विजयी)
रामनन्दन प्रसाद (नेकपा) – १,३७६
चमेली देवी दास (जसपा) – २०९
बदर – १८६
🔹 अन्य क्लष्टर
महन्थ ठाकुर (जसपा) – ७,७२५ (विजयी)
लक्ष्मण पौडेल (नेकपा) – १,८०५
बदर – ३१५
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन प्रशासनले जनाएको छ ।

गठबन्धनका उम्मेदवारहरू सबै क्लष्टरमा विजयी भएसँगै मधेश प्रदेशमा गठबन्धनको प्रभाव बलियो देखिएको छ ।