जनकपुरधाम, ८ माघ । जनकपुरधामको थापा चोकमा सुविधा सम्पन्न २५ कोठे ‘होटेल सुपा’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको छ ।

होटेलका सञ्चालक सुरेश कोइरालाले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत होटल सञ्चालनबारे जानकारी दिँदै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित होटल सञ्चालन गर्न लागेको बताए ।

उनका अनुसार होटेलमा आधुनिक सुविधासहित एसी तथा ननएसी कोठा, निःशुल्क वाइफाइ, २४ घण्टा तातोपानी, पार्किङ सुविधा, रेष्टुरेन्ट, मिटिङ हल तथा सुरक्षित वातावरणको व्यवस्था गरिएको छ ।

‘जनकपुरधाम धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शहर हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने लक्ष्यसहित होटेल सुपा सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक कोइरालाले भने ।

होटेलमा स्थानीय युवालाई रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिँदै उनले आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना पनि सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले स्वच्छ, सुरक्षित र ग्राहकमैत्री सेवा प्रदान गर्नु नै होटेलको मुख्य प्राथमिकता रहेको उल्लेख गरे । साथै, उचित मूल्यमा स्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय व्यवसायी, पर्यटनकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा होटेलले जनकपुरधामको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने कोइरालाले विश्वास व्यक्त गरे ।

माघ ९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने होटेल सुपाले धार्मिक पर्यटक, व्यवसायी तथा आगन्तुकहरूलाई लक्षित गरी सेवा दिने जनाएको छ ।