प्रदेश प्रमुखसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश

जनकपुरधाम, ८ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेश कुमार घिमिरेले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सचिव घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा आयोगले सम्पादन गरेका काम, उपलब्धि र सिफारिस समेटिएको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको बाँडफाँट, वित्तीय समन्वय, राजस्व वितरण तथा विकास आयोजनामा स्रोत परिचालनसम्बन्धी विषय समेटिएको बताइएको छ ।
आयोगले समावेशी विकास र आर्थिक सन्तुलन कायम गर्न विभिन्न सुझावसमेत प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख कर्णले प्रतिवेदन प्राप्त गर्दै आयोगको भूमिकालाई महत्वपूर्ण बताउँदै प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनतर्फ सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताए ।
प्रदेश प्रमुख कार्यालयका अनुसार प्रतिवेदनले आगामी दिनमा प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

