जनकपुरधाम, ५ माघ । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

मण्डलले सभामुख कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीसँगै उनले प्रदेश सांसद पदबाट राजीनामा दिएको बताइएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलका नेताहरूको उम्मेदवारी घोषणासँगै राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन् ।