जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले आज बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेका छन् ।

हिजो मात्रै जनकपुरधाम आइपुगेका साह आज बिहान करिब ५ बजे मन्दिर पुगेर दर्शन गरेका हुन् ।

दर्शनका क्रममा उनीसँग नेता अमरेश सिंह पनि सहभागी थिए ।जानकी मन्दिरका महन्थ राम तपेश्वर दास तथा उत्तराधिकारी महन्त रामरोशन दासले साहलाई टीका, माला र ‘जय सियाराम’ लेखिएको खादा लगाएर सम्मानपूर्वक बिदाइ गरेका थिए ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजै बालेनसहितको टोली सिरहाको लहान पुगेर बलिदानी दिवसका अवसरमा मधेशका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि टोली दिउँसो १ बजे जनकपुरधाममा तय गरिएको परिवर्तन उदघोष सभामा सहभागी हुन पुनः फर्किने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिए ।