ब्याहुत कलवार चौरासी सेवा समितिको नेतृत्व चयन, श्यामप्रसाद साह अध्यक्षमा निर्वाचित

जनकपुरधाम, ४ माघ । श्री धर्मसंस्था ब्याहुत कलवार चौरासी अन्तर्गत ब्याहुत सेवा समिति (कलवार कुट्टी) जनकपुरधाम–८ को निर्वाचन सम्पन्न भएको छ ।
माघ ३ गते सम्पन्न निर्वाचनबाट श्यामप्रसाद साह अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार कुल ८१२ मतदाता रहेकामा ६६० मत खसेको थियो । खसेका मतमध्ये केही बदर भएको र बाँकी सदर मतको गणनापछि विभिन्न पदका विजेता घोषणा गरिएको हो ।
अध्यक्ष पदमा श्यामप्रसाद साहले ४२८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी शंकर साहले २०३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा संजय प्रसाद साह ३७७ मत ल्याएर विजयी भएका छन् । महासचिवमा शिवशंकर साह २८८ मतसहित निर्वाचित भए भने सचिव पदमा दीपक कुमार साह ३४४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा बजरंग प्रसाद साह ३८२ मत ल्याएर विजयी भएका छन् ।
कार्यकारिणी सदस्यतर्फ रघुनाथ प्रसाद साह, रामजी साह, इन्दु देवी र मनोज कुमार साह निर्वाचित भएका छन् । अन्य उम्मेदवारहरू उमेश कुमार साह, राजकुमार साह र शुभम साहले अपेक्षित मत प्राप्त गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

