जेनजी आन्दोलनपछि देशभर कडाइ : तोडफोड र आगजनी आरोपमा ९१२ जना पक्राउ

जनकपुरधाम, १३ पुष । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले देशभरबाट ९१२ जनालाई पक्राउ गरेको छ ।
आन्दोलन यता विभिन्न जिल्लामा फैलिएका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि व्यक्ति हत्या, सर्वोच्च अदालत र सिंहदरबारजस्ता संवेदनशील सरकारी संरचनामा तोडफोड तथा आगजनी, निजी सम्पत्तिमा क्षति पुर्याउने, आगजनी र लुटपाट गरेको आरोप लागेको छ ।
पक्राउ परेकामध्ये केहीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ भने उनीहरू पुर्पक्षका लागि थुनामा रहेका छन् । केही अभियुक्त भने सामान्य तारेख तथा धरौटीमा रिहा भएका छन् । बाँकी व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधि कानुनविपरीत भएको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

