मकेश्वर बाबू सामाजिक प्रतिष्ठानद्वारा गरिब तथा असहायलाई कम्बल वितरण

जनकपुरधाम, ११ पुष । मधेश प्रदेशमा केही दिनदेखि लगातार बाक्लो कुहिरो लागेपछि चिसो अत्यधिक बढेको छ ।
चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएपछि गरिब तथा असहाय वर्गलाई जाडोबाट जोगाउने उद्देश्यले मकेश्वर बाबू सामाजिक प्रतिष्ठानले कम्बल वितरण गरेको हो ।
समाजसेवामा सक्रिय रूपमा संलग्न विकास पुरुष मकेश्वर बाबू प्रतिष्ठानद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न स्थानका गरिब तथा असहाय परिवारलाई कम्बल प्रदान गरिएको हो ।
जाडोका कारण सबैभन्दा बढी प्रभावित वर्गलाई राहत पुर्याउने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले जानकारी दिए ।
स्थानीयवासीहरूले यस्ता मानवीय कार्यले चिसो मौसममा गरिब तथा असहाय समुदायलाई ठूलो राहत मिल्ने भन्दै सामाजिक संस्थाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

