सन्तोष यादव पुनः नेपाली कांग्रेसमा

जनकपुरधाम, ८ पुष । नेकपा एमालेका नेता सन्तोष यादव पुनः आफ्नो पुरानो राजनीतिक घर नेपाली कांग्रेसमा फर्केका छन् ।
लामो समयपछि कांग्रेसमा पुनः आबद्ध भएका यादवलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादवले स्वागत गरेका छन् ।
सहमहामन्त्री यादवले सन्तोष यादवको राजनीतिक अनुभव, पार्टीप्रतिको योगदान र जनतासँगको निकट सम्बन्ध कांग्रेसका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
उनी पुनः कांग्रेसमा फर्किनु पार्टीको संगठन सुदृढीकरण र जनआधार विस्तारका दृष्टिले सकारात्मक सन्देश भएको उनको भनाइ छ ।
सन्तोषले नेपाली कांग्रेससँगको आफ्नो ऐतिहासिक सम्बन्ध स्मरण गर्दै लोकतन्त्र, समावेशिता र जनताको अधिकारका लागि पार्टीको विचारधारामा रहेर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन आफू क्रियाशील रहने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

