सभामुख रामअशिष यादवद्वारा शहिद स्मारकमा श्रद्धाञ्जली

जनकपुरधाम, ७ पुष । मधेश प्रदेशका सभामुख रामअशिष यादवले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आइतबार सभामुख पदमा निर्वाचित भएपछि यादवले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मधेश आन्दोलनका वीर शहीदहरूको स्मृतिमा निर्माण गरिएको शहीद स्मारकमा पुगेर फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै सभामुख यादवले मधेश आन्दोलनका क्रममा जीवन उत्सर्ग गरेका वीर शहीदहरूको त्याग, समर्पण र बलिदानलाई स्मरण गरे ।
उनले शहीदहरूको योगदानकै कारण मधेशले आफ्नो अधिकार, पहिचान र आवाज स्थापित गर्न सकेको उल्लेख गर्दै ती आदर्शलाई आत्मसात् गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामुख यादवले शहीदहरूको बलिदान सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्दै मधेश प्रदेशको समृद्धि, समानता र सामाजिक न्यायका लागि प्रदेश सभामार्फत इमानदार र निष्पक्ष रूपमा काम गर्ने प्रतिवद्धता जनाए ।
श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

