मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई सर्वसम्मत विश्वासको मत

जनकपुरधाम, ४ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार प्रदेश सभामा पेश गरिएको विश्वासको प्रस्तावमा सहभागी भएका सबै सांसदहरूले यादवको पक्षमा मतदान गरेपछि उनले सर्वसम्मत विश्वासको मत पाएका हुन् ।
मतदानमा कुल ९२ मत यादवको पक्षमा परेको थियो । विपक्ष वा तटस्थमा एक जनाको पनि मत नपरेपछि प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उपसभामुखले घोषणा गरिन् ।
एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई विश्वासको मत दिने क्रममा आज नेकपा एमालेले समेत समर्थन जनाएको छ ।
एमालेको समर्थनसँगै प्रदेश सरकारलाई फराकिलो राजनीतिक आधार प्राप्त भएको छ ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विकास र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

