पुष १० गते जनकपुरधाममा भव्य तुलसी पूजन, सहभागिताका लागि एनप्याब्सनको अपिल

जनकपुरधाम, ४ पुष । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालय, अभिभावक तथा जनकपुरधामवासीलाई लक्षित गर्दै पुष महिनाको १० गते तुलसी पूजन कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ ।
एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुन लागेको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रममा नगर क्षेत्रका विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारणको सहभागिताका लागि आग्रह गरिएको छ ।
एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष दिपक ठाकुरले धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्य–मान्यताको संरक्षणका लागि तुलसी पूजन कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै सबै सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि अपिल गरेका छन् ।
कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

