राष्ट्रिय मुक्ति पार्टी नेपालको क्षेत्रीय संयोजकमा झा सर्वसम्मत

जनकपुरधाम, २ पुष । राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा क्षेत्र नं. ३ को क्षेत्रीय संयोजकमा दीपक झालाई सर्वसम्मत रूपमा चयन गरेको छ । पार्टीको क्षेत्रीय बैठकबाट झालाई संयोजकको जिम्मेवारी दिइएको हो ।
पार्टी स्रोतका अनुसार संगठन सुदृढीकरण र क्षेत्रीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ भएको बैठकले झालाई सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ । पार्टी नेतृत्वले नयाँ संयोजक चयनसँगै धनुषा क्षेत्र नं. ३ मा संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधि अझ सक्रिय हुने विश्वास व्यक्त गरेको छ ।
नवनिर्वाचित क्षेत्रीय संयोजक झाले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनतासम्म पुर्याउन प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । उनले क्षेत्रका नेता, कार्यकर्ता तथा समर्थकलाई एकताबद्ध बनाएर पार्टीलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहने बताए ।

पार्टीका केन्द्रीय तथा जिल्ला नेतृत्वले झालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

