घरभित्र लुकाइ राखेको १ किलो ८०० ग्राम गाँजासहित एक जना पक्राउ

सर्लाही, २९ मंसिर । सर्लाहीको पर्सा गाउँपालिका–१ मा घरभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब साढे ११ बजे पर्सा–१ स्थित रामसिरिठ मण्डलको घरमा छापा मारी गाँजासहित उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको टोलीले घरधनी ५७ वर्षीय रामसिरिठ मण्डलको घर खानतलासी गर्दा बाँस र माटोले बनेको भान्छा घरको टाटीमा लुकाइ राखिएको निलो र रातो प्लास्टिकले बेरेको एक पोका गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त गाँजा प्लास्टिक बाहेक १ किलो ८०० ग्राम रहेको पुष्टि भएको छ ।
बरामद गरिएको गाँजासहित मण्डललाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

