महोत्तरी–३ बाट जनमत पार्टीको उम्मेदवारमा चन्दन सिंह चयन

जनकपुरधाम, २९ मंसिर । जनमत पार्टीले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि महासचिव तथा पूर्व मन्त्री चन्दन सिंहलाई उम्मेदवार चयन गरेको छ ।
क्षेत्रीय बैठकको सर्वसम्मत निर्णयअनुसार सिंहलाई उम्मेदवार बनाइएको हो ।
पार्टीका स्थानीय नेताहरूका अनुसार संगठनात्मक सुदृढीकरण, जनसम्पर्क विस्तार र विकासका एजेन्डालाई केन्द्रमा राख्दै उम्मेदवारी तय गरिएको हो ।
बैठकमा सहभागी प्रतिनिधिहरूले सिंहको राजनीतिक अनुभव र नेतृत्व क्षमताले निर्वाचनमा पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
चयनपछि प्रतिक्रिया दिँदै सिंहले जनताको विश्वास र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले क्षेत्रको समग्र विकास, सुशासन र जनजीविकासँग जोडिएका मुद्दामा दृढतापूर्वक आवाज उठाउने बताए ।
जनमत पार्टीले महोत्तरी–३ मा प्रतिस्पर्धात्मक तयारी तीव्र बनाउँदै संगठनलाई अझ सक्रिय बनाउने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

