जनकपुरधाममा आर्टिफिसियल ज्वेलरीको नयाँ गन्तव्य ‘दौलत ज्वेलरी हब’ सञ्चालनमा

जनकपुरधाम, २८ मंसिर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आर्टिफिसियल गहनाको नयाँ प्रतिष्ठान ‘दौलत आर्टिफिसियल ज्वेलरी हब’ सञ्चालनमा आएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा श्रीराम युवा कमिटीका पूर्वअध्यक्ष जितेन्द्र प्रसाद साहले उक्त प्रतिष्ठान सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक साहका अनुसार बदलिँदो जीवनशैलीसँगै आर्टिफिसियल ज्वेलरीप्रतिको आकर्षण बढ्दै गएको छ । ‘आजको समयमा परम्परागत सुनचाँदीका गहनासँगै हलुका, आकर्षक र किफायती आर्टिफिसियल ज्वेलरीको माग बढेको छ । यही बजार आवश्यकता देखेर जनकपुरधाममै यो हब सञ्चालन गरिएको हो,’ उनले भने ।
‘दौलत आर्टिफिसियल ज्वेलरी हब’मा दैनिक प्रयोगदेखि विशेष समारोहमा लगाउन मिल्ने विभिन्न डिजाइनका गहना उपलब्ध गराइने जनाइएको छ । विशेषगरी महिला, युवती तथा युवालाई लक्षित आधुनिक र ट्रेन्डी ज्वेलरी यहाँ सहजै पाइने बताइएको छ ।

उद्योग वाणिज्य संघमा लामो समय सक्रिय रहेका साहले स्थानीय उद्यमशीलताको विकासबिना मधेशको आर्थिक उन्नति सम्भव नरहेको उल्लेख गरे । उनका अनुसार स्थानीय लगानीबाट सुरु हुने व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै बजारमा प्रतिस्पर्धा र गुणस्तर दुवै बढाउँछ । ‘हामीले स्थानीय बजारमै उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउन सके बाहिरिने पैसा यहीँ रोकिन्छ,’ उनको भनाइ छ ।
साहले निजी क्षेत्रको सक्रियताले मात्रै शहरको व्यापारिक गतिविधि विस्तार हुने बताउँदै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न यस्ता व्यवसायिक प्रयास आवश्यक रहेको धारणा राखे । उनले आगामी दिनमा व्यवसाय विस्तार गर्दै नयाँ रोजगारी सिर्जना गर्ने योजना पनि सार्वजनिक गरे ।
प्रतिष्ठान सञ्चालनमा आएपछि स्थानीय व्यापारी तथा उपभोक्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूको भनाइमा जनकपुरधाममै आर्टिफिसियल ज्वेलरीको व्यवस्थित हब खुलेसँगै उपभोक्तालाई सहजता भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

