दुई लाखभन्दा बढी मूल्यको सामान नियन्त्रणमा

सप्तरी, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारततर्फबाट भन्सार छलेर ल्याइरहेको कपडा र किराना सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार जिल्लाको विभिन्न स्थानमा रहेका प्रहरी युनिटले नियमित चेकजाँचका क्रममा कपडा, किराना र दैनिक उपभोग्य सामग्रीसहित दुई लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएका हुन् ।
उनीहरूले नियन्त्रणमा लिएको सामानलाई भन्सार कार्यालयमा बुझाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डम्बरबहादुर पुरीले जानकारी दिए ।
प्रहरीले उक्त कार्यद्वारा सीमापारबाट अवैध तरिकाले भन्सार छलेर ल्याइने सामान नियन्त्रणमा राखेर कानुनी प्रावधानको पालनामा थप सतर्कता अपनाउने नीति अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

