सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो एकल सिफारिस

सर्लाही, २५ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर–२ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई एकल रूपमा सिफारिस गरिएको छ ।
पार्टीको जिल्ला कार्यसमिति सर्लाहीले बिहीबार मलंगवामा बसेको बैठकमार्फत महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
जिल्ला अध्यक्ष गणेश यादवका अनुसार सर्लाही–२ मा पार्टी संगठनको अवस्था, स्थानीय जनसमर्थन तथा वर्तमान राजनीतिक आवश्यकतालाई हेर्दा अध्यक्ष महतो सबैभन्दा उपयुक्त उम्मेदवार भएको निष्कर्ष बैठकले निकालेको छ ।
उनका अनुसार पार्टीभित्र महतोप्रति देखिएको एकमतले सर्लाही–२ मा सो पार्टी गम्भीर प्रतिस्पर्धामा उत्रने संकेत दिएको छ ।
जिल्ला कार्यसमितिले अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम भने अर्को बैठकमार्फत टुंगो लगाइने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

