जनमतका निलम्बित सचिव साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

जनकपुरधाम, २३ मंसिर । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भइसकेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साह आफैँ जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छन् । मंगलबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
केही महिनाअघि एक महिलाले साहविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनको खोजी गर्दै आएको थियो । आरोप पुष्टि भएपछिमात्र चुनाव नजिकिँदा आफूलाई पक्राउ गर्ने तयारी भइरहेको आरोप लगाउँदै साह स्वयं प्रहरीसमक्ष हाजिर हुन आएको बताए ।
धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार आत्मसमर्पणसँगै साहलाई नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाइएको छ । जिल्ला अदालत धनुषाले उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि पाँच दिनको म्याद पनि थपिदिएको प्रहरीले जनाएको छ ।
जाहेरी दर्ता भएपछि साहलाई जनमत पार्टीले केन्द्रीय सचिव पदबाट निलम्बन गरेको थियो । अब अदालतको अनुसन्धान प्रक्रियाले प्रकरणको आगामी दिशा निर्धारण गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

