बालिका बलात्कार आरोपमा ‘हिरा’ पक्राउ

जनकपुरधाम, २३ मंसिर । प्रहरीले बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह ‘हिरा’ लाई पक्राउ गरेको छ ।
१४ वर्षीया एक बालिकालाई होटेलमा जबरजस्ती करणी गरेको आरोपमा दुईसाता अघि साहलगायत चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।
साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए ।
यसअघि सोही मुद्दामा हिराका दाई मनोज साहलाई प्रहरीले पक्राउ गरेको थियो । यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामा सञ्जय महासेठसमेत पक्राउ परेका छन् । घटनामा संलग्न अन्य दुईजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साह गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए । साह जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

