भारत–नेपाल सांस्कृतिक आदानप्रदानलाई बल दिँदै जनकपुरधाममा ओडिसी नृत्य महोत्सव

जनकपुरधाम, २३ मंसिर । विरगञ्जस्थित कन्सुलेट जनरल अफ इण्डियाले भोली बुधवार जनकपुरधाममा भव्य ओडिसी नृत्य कार्यक्रम आयोजना गर्ने भएको छ ।
भारतीय शास्त्रीय नृत्यका ख्याति प्राप्त कलाकार सन्ध्या कुञ्जन मेनन दास तथा उनको समूहले प्रदर्शन गर्ने यो कार्यक्रमले मिथिला र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।
कार्यक्रम मैथिली विकास कोषको भवनमा बेलुका ४ः०० बजे सुरु हुने कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए । कन्सुलेट जनरल अफ इण्डियाले जनकपुरधामका कलाकार, संस्कृतिप्रेमी र समाजका प्रतिनिधिलाई सहभागिताका लागि निमन्त्रणा गरेको छ ।

ओडिसी नृत्य भारतको ओडिशा राज्यबाट उद्गम भएको शास्त्रीय नृत्य विधा हो । यसले भक्ति, सौन्दर्य र शास्त्रीय अभिव्यक्तिलाई समेट्छ । सन्ध्या कुञ्जन मेनन दासको टोलीले नेपालका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति मार्फत दर्शकको मन जित्दै आएको छ ।
कार्यक्रमसम्बन्धी थप जानकारी कन्सुलेट जनरल अफ इण्डिया, विरगञ्जको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

