मतदाता नामावली सच्याउन मंसिर २६ सम्म निवेदन दिन आयोगको आग्रह

काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा देखिएका विविध त्रुटि सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन नागरिकलाई आग्रह गरेको छ ।
आयोगले सोमबार जारी गरेको विज्ञप्तिमार्फत अनलाइन प्रणालीमार्फत नामावली सम्बन्धी निवेदन, सूचना तथा उजुरी दर्ता गर्न सबै सरोकारवालालाई सक्रिय हुन अपिल गरेको हो ।
आयोगका अनुसार केही मतदानस्थल पुनरावलोकन एवं समायोजन गरिएको छ । यस कारण मतदातालाई आफ्नो वडाभित्र रहेका मतदान केन्द्रहरूमध्ये आफूलाई पायक पर्ने केन्द्र छान्न अनलाइनबाट वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन आग्रह गरिएको छ ।
आयोगले मतदाता नामावलीमा त्रुटि हुँदा आगामी निर्वाचन प्रक्रियामा समस्या उत्पन्न हुन सक्ने भएकाले समयमै जानकारी लिएर आवश्यक संशोधन गराउन सबैलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

