१० जिल्लाका ९४ हजार ५ सय भन्दा बढी गरिब परिवारको अन्तिम सूची स्वीकृत

काठमाडौं, २२ मंसिर । सरकारले देशका १० जिल्लामा रहेका ९४ हजार ५२७ गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरिबी पहिचान तथा लक्षित सामाजिक सहयोगका कार्यक्रम अघि बढाउन उक्त सूची औपचारिक रूपमा मान्यता दिएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, कास्की, चितवन, झापा, मोरङ, सुनसरी, तेह्रथुम, पर्वत, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) गरी १० जिल्लाका परिवार सूचीबद्ध भएका छन् ।
मन्त्री खरेलले दीगो रूपमा गरिबी निवारण तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन तथ्यांक आधारित पहिचान अत्यावश्यक भएको भन्दै स्वीकृत सूची आगामी बजेट तथा योजनामा प्रत्यक्ष आधार बन्ने बताए ।
गरिब परिवार पहिचान कार्यक्रम अन्तर्गत संकलित तथ्यांकका आधारमा स्वास्थ्य, शिक्षा, आवास र रोजगारीमा लक्षित सहयोग वितरण गरिने सरकारको तयारी छ ।
अधिकारीहरूका अनुसार सूची स्वीकृत भएपछि सेवाहरू पुर्याउने प्रक्रिया थप व्यवस्थित हुने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

