१७ वर्षीया किशोरी मृत फेला, प्रहरी अनुसन्धान जारी

सिरहा, २२ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका–२ मा एक १७ वर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीयवासीले सोमबार दिउँसो करिब २ बजेतिर समुदायिक विद्यालयको मैदान छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय जितेन्द्र यादवका अनुसार मृतक कर्जन्हा–१ बल्टिया निवासी अस्मिता बैध रहेको पुष्टि भएको छ ।
‘मैदानको छेउमै युवतीको शव देखेपछि हामीले तुरुन्तै प्रहरीलाई जानकारी गरायौँ,’ यादवले भने ।
घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।
प्रारम्भिक रूपमा मृत्युको कारण खुलेको छैन । पोष्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र वास्तविक तथ्य सार्वजनिक हुने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीयवासी र पीडित परिवारले छिटो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

