मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै कानुनी नेतृत्वमा ठूलो परिवर्तन भएको छ ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा ४(ख) बमोजिम मुख्यन्यायाधिवक्ता सुरेन्द्र कुमार महतोलाई पदमुक्त गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यन्यायाधिवक्तालाई पदमुक्त गर्न सिफारिस गरेका थिए ।
गत शुक्रबार सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले राजनीतिक तथा प्रशासनिक वातावरणलाई नयाँ संरचनामा लैजाने संकेतस्वरूप पहिलो निर्णयकै रुपमा मुख्यन्यायाधिवक्तामाथि कार्यवाही अघि बढाएका हुन् ।
सतिशकुमार सिंह नेतृत्वको पूर्व सरकारमा जनमत पार्टीको कोटाबाट महतो मुख्यन्यायाधिवक्ता बनेका थिए । उनले तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध नेपाली कांग्रेससहित ७ दलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सरकारका तर्फबाट बहस गरेका थिए ।

नयाँ सरकार प्रारम्भिक चरणमै संरचनागत परिवर्तनमा सक्रिय देखिएको छ भने प्रदेशमा कानुनी नेतृत्व अब कसले सम्हाल्ने भन्ने चासो बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

