मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले पदभार सम्हाले, छिटोछरितो शासनको प्रतिवद्धता

जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
शपथपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर कामको शुरुवात गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री यादवले पहिलो दिनदेखि नै पूर्ण सक्रियतासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सत्ता साझेदार सबै दलको समावेशी प्रतिनिधित्व हुनेगरी चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

यादवले प्रतिपक्षी दलहरूसँग पनि रचनात्मक सहकार्यको अपेक्षा व्यक्त गर्दै प्रदेशमा सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए ।
‘मधेश प्रदेश अब स्थायित्वतर्फ अघि बढ्छ,’ मुख्यमन्त्री यादवले भने, ‘जनताले महसुस गर्नसक्ने परिवर्तन ल्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

