मधेशमा सातदलीय गठबन्धनले कृष्ण यादवलाई मुख्यमन्त्रीका लागि अघि सार्यो

जनकपुरधाम, १९ मंसिर । मधेश प्रदेशमा नयाँ सत्ता समिकरणको दौड तीव्र बन्दै गएको छ ।
सातदलीय गठबन्धनले सहमतिको आधारमा सांसद कृष्ण यादवलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको हो ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी समेटिएको गठबन्धनले साझा नेतृत्वका रूपमा यादवको नाम अघि सारेको हो ।
गठबन्धनका शीर्ष नेताहरूबीच शुक्रबार भएको छलफलमा यादवको नाममा सहमति बनेको बताइएको छ ।
प्रदेशमा हालसालै उत्पन्न सत्ता अस्थिरताको पृष्ठभूमिमा गठबन्धनले ‘स्थिरता र साझा एजेन्डा’ आधार बनाउँदै नयाँ नेतृत्व आवश्यक भएको ठहर गरेको स्रोतले जनाएको छ ।
अब गठबन्धनले प्रदेश प्रमुखसमक्ष आजै औपचारिक दाबी पेश गर्ने तयारी गरेको छ ।
यादव मुख्यमन्त्री बन्ने प्रबल दावेदारका रूपमा अगाडि आएसँगै मधेश प्रदेशको आगामी राजनीतिक दिशा फेरि एकपटक निर्णायक मोडतिर उन्मुख भएको देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

