विश्वासको मतअघि नै मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले बुधबार राजीनामाको घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो । त्यसअनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, सत्तापक्षकै सांसदहरू अनुपस्थित भएपछि बैठक सक्दो विवाद पैदा हुँदै दिउँसो २ बजेसम्म सारिएको थियो ।
विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि दिउँसो पुनः बसेको बैठकमा यादवले भावुक शैलीमा पद त्यागको घोषणा गरे ।
कार्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम नियुक्त भएका यादवको नियुक्ति विवादित रहेको भन्दै प्रदेशका सात दलका सांसद सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चमा परेको मुद्दा र राजनीतिक असमर्थताबीच उनले आज राजीनामा दिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

