पेट्रोल छर्केर आगो लगाएको अवस्थामा पुरुष फेला

सर्लाही, ९ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक एक पुरुष जलेको अवस्थामा फेला परेका छन् ।
करिब ५५ वर्षको उमेर अनुमान गरिएको उक्त पुरुषलाई गम्भीर घाइते अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर बिरेन्द्र जोहारीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आफैँले पेट्रोल छर्केर आगो लगाएको अनुमान गरिएको छ ।
घटनास्थल नजिकैबाट पेट्रोल छर्किएको प्रमाण समेत फेला परेको प्रहरीले जनाएको छ । घाइते अवस्थामै भेटिएका उनलाई तत्कालै उद्धार गरी जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरीका अनुसार पहिचान खुल्न बाँकी रहेका ती पुरुष केहीबेरअघि नजिकै रहेको आश्रममा भोजन गरेर बाहिर निस्किएको स्थानियहरूले बताएका छन् ।
आश्रमबाट बाहिरिएपछि महेन्द्र राजमार्ग किनारैमा रहेको डुमडुमे मन्दिर नजिक उनले आफूलाई आगो लगाएको प्रत्यक्षदर्शीले भनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

