जानकी मन्दिरमा १११ मिटर लामो चुनरी अर्पण

जनकपुरधाम, ७ मंसिर । विवाह पञ्चमीको पर्वलाई भव्य रूपमा मनाउँदै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा १११ मिटर लामो चुनरी अर्पण गरिएको छ ।
सीताराम विवाहको स्मरणमा आयोजना गरिएको शोभा यात्रापछि भारतको सुरतस्थित जीन माता ट्रस्टद्वारा पठाइएको चुनरी विधिपूर्वक माता जानकीलाई चढाइएको हो ।
सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले ट्रस्टले यो वर्ष पनि परम्पराअनुसार चुनरी अर्पण कार्यक्रम निरन्तरता दिएको जानकारी दिए ।
उनका अनुसार जीन माता ट्रस्टले विभिन्न सयौँ मन्दिरहरूमा चुनरी चढाइरहेको छ र विवाह पञ्चमी जस्ता विशेष अवसरमा जनकपुरधामलाई प्राथमिकता दिंदै आएको छ ।

विवाह पञ्चमीको मुख्य दिन नजिकिँदै जाँदा जनकपुरधाममा धार्मिक उत्साह र भीडझमेल थप बढेको छ । जानकी मन्दिरमा चढाइएको १११ मिटर लामो चुनरीले यस वर्षको पर्वलाई थप आकर्षक बनाएको स्थानीय भक्तजनहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

