राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन माघ ११ मा हुने

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले संविधान तथा कानुनअनुसार रिक्त पद पूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभामा एक सदस्यको पद रिक्त रहेकाले निर्वाचन आयोगसँग परामर्श गरी उक्त मिति तय गरिएको मन्त्री खरेलले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयपछि अब निर्वाचन आयोगले आवश्यक तयारी तथा कार्यतालिका तय गर्नेछ ।
आयोगले मतदाता नामावली अद्यावधिकदेखि उम्मेदवारी दर्ता, मतदान र मतगणनासम्मका प्रक्रिया चाँडै सार्वजनिक गर्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

