देश बचाउन कुनै पनि बलिदान गर्न तयार छु : प्रचण्ड

काठमाडौँ, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अध्यक्ष पद आफ्नो लागि अब समान्य भइसकेको भन्दै नेतृत्व छोड्न तयार रहेको संकेत दिएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कतिपय मानिसहरुले भन्ने गर्छन् पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन देश बचाउन जस्तोसुकै बलिदान गर्न म तयार छु । आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न पर्यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यी सबै धेरै सानो कुरा भइसकेको छ ।’
उनले आफ्नो तयारीको उदाहरण दिँदै भने, ‘मैले यी कुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ जस्तोसुकै त्याग गर्न म तयार छु । मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति, देशको निम्ति त्याग गर्न तयार रहन अपिल गर्दछु ।’
पार्टीभित्र प्रचण्डले नेतृत्व छोड्नुपर्ने आवाज बढिरहेका बेला उनले पार्टी कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन् । उनका अनुसार पार्टी र राष्ट्रको हितका लागि व्यक्तित्व, पद वा सत्ता भन्दा ठूलो प्राथमिकता राष्ट्र र देशको भविष्य हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

