बुटवल, ८ फागुन । दाङको लमही नगरपालिका–७ की ४५ वर्षीय संगिता चौधरीको शव रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेर फेला परेको छ । शवको अवस्था र घटनास्थलले प्रारम्भिक अनुसन्धानमा हत्या गरिएको सङ्केत दिएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार संगिताको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको र शवलाई परालले ढाकेर लुकेको अवस्थामा फेला परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले पुष्टि गर्दै भने, ‘घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको छ । घटना सम्बन्धी अनुसन्धान जारी छ ।’
स्थानीयले बिहीबार बिहान साढे ११ बजे परालले ढाकेको शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर शवलाई आवश्यक परीक्षणका लागि मर्निङ्ग अस्पताल पठाएको छ ।
यो घटनामा संलग्न व्यक्तिहरूको बारेमा थप जानकारी आउन सकेको छैन भने प्रहरीले घना अनुसन्धान गरिरहेको छ ।
मृतक संगिता चौधरीको हत्या संग सम्बन्धित अपराधीको पहिचान र पक्राउका लागि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ ।