जीवन र मृत्यु


–ज्योति झा
जनकपुरधाम, २ जेठ । सबै कुरा मिथ्या हुन सक्छ तर मृत्यु परम सत्य हो । हामी भन्छौं everything is possible र यो यथार्थ पनि हो । सानैदेखि चन्द्रमालाई मामाको संज्ञा दिएर हामिलाई हाम्रो बाल्यकालमा बुवाआमा, हजुरआमाले खाना खुवाउने बेलमा यो कहानी पक्कै सुनाउनु भएको होला । चन्द्रमा जो पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटरको दुरिमा भएपनि त्यहाँसम्म मानिस पुगेको छ । हिमालको चोटीसम्म मानिस पुगेकै हो । ठूलाठूला पहाडलाई काटेर बाटो बनाएको छ । मानिस जस्तो देखिने र सबै काम गर्नसक्ने रोबोटको पनि अविष्कार भइसकेकै छ । पहिलाका बुढापाकाहरु भन्थे जन्म र मृत्यु भगवानको हाथमा छ । तर अहिले जन्म डाक्टरको हाथमा हुन्छ । ७ महिनाको शिशुलाई पनि कृत्रिम तरिकाले संसारमा ल्याउन सकिन्छ । तर यतिसम्म भइसक्दा पनि के मृत्युलाई कसैले रोक्न सकेको छ त ? रोक्न सकेको भए ठूलाठूला बलिउड स्टार देखि, नेताहरु त पक्कै मर्ने थिएनन् होला ।
संसारमा केही सत्य छ भने त्यो हो मृत्यु । एक दिन सबैलाई यो संसारबाट विदा हुनुछ । स्वस्थ्य भएर बाँच्नु आफ्नो हाथमा छ तर मृत्युलाई रोक्नु भ्रम हो । जब हाम्रो जीवनमै हाम्रो अधिकार बर्चस्व छैन भने हामी मानवमाथी केको वर्चस्व राख्न सक्छौं त ? जसले जन्म लिएको छ उसको मृत्यु हुन्छ नै । शरीर नाशवान छ जलेर खरानी हुनु नै छ । तर पनि मनुष्यमा केको अहम र किन भ्रमित छन त ? पैसाको पछाडी यति कुद्छन कि इमान्दारी, चरित्र र मानवतालाई पनि पछाडि छोडिदिएका छन् । यसरी बाँच्छन कि जीवनमा आफ्नो अधिकार छ । र, यसरी मर्छन कि पीडा दुःखको फुवार छ । ठूलाठूला घर बनाउँछन् जस्तै कि सधै त्यहीं बस्ने हो । पैसाको पछाडी यति व्यस्त हुन्छन् कि पैसा भए सबै थोक पुग्ने भो । तर जब मृत्यु आउँछ अनि डराउँछन् । जसरी कसैले केहि खोस्ने हो कि । हामी प्रकृति भन्दा बढि कृत्रिम हुन थालेका छौं । देखाबा हरेक कुरामा चाहे अनुहारमा लालीपाउडर लगाएर होस्, वा भित्रबाट कटुता माथीबाट हाँसेर होस्, भित्र जलन, अहंकार, क्रोध तर माथीबाट जे छौं तिमी त छौ जस्तो व्यवहार प्रर्दशन गर्छन । जस्तै सामजिक सन्जाल । मैले त यस्ता मान्छेहरु पनि थुप्रै हेरेकी छु जो मञ्चमा माइक समातेर फोटो खिचाउछन, ठूलाठूला र मीठा भाषण दिन्छन् । तर वास्तविकता फेरि बेग्लै हुन्छ । यो सब सायद कला हो जो सबैमा हुँदैन । तर कला र सत्यतामा फेरि फरक छ ।
चम्चागिरी, चाप्लुसी, डाइलोगबाजी यी गुण सबैमा हुँदैन । हामी मनुष्य समस्यालाई आफैं निम्तो दिन्छौं । भगवान बन्न खोज्छौं । र, जब समस्यामा पर्छौं अनि फेरि भगवानलाई गुर्हाछौं । कहीं जाँदा केही गर्दा आफूलाई राम्रो बनाउन समय लगाउँछौ । जसले गर्दा कुनै मान्छेले हेर्दा वाउ भनोस् तर जब रोग वा दर्दमा हुन्छौं त्यतिखेर भीड नजर आउँदैन । आफू के कस्तो छु त्योदेखि वास्ता हुँदैन । हुन्छ भने केवल दर्दले कतिखेर राहत पाओस् भन्ने सोच । कति पनि महंगो लुगा लगाए पनि मरेपछि कफन नै ओढ्ने हो । खाने भनेको खाना नै हो । पैसा वा घर खाने होइन । आफूसँग लग्ने भनेको मिठो सम्झना, माया हो । त्यसबाहेक केही लग्ने होइन । अहिले हरेक कुरा मिलावटले भरिएको छ । चाहे त्यो खाना, प्रेम, बोली र काम नै किन नहोस् । र, मिलावटी कुराको आयु लामो हुँदैन । के तपाई आफ्नो बाच्ने उमेरलाई निर्धारण गर्न सक्नुहुन्छ ? कसैले गर्न सक्दैन । जीवन जिउने तरिका संसारमा व्यक्तिपिच्छे फरक हुन्छ । त्यो स्वभाविक पनि हो । शरिरमा हुने अंग सबैमा एउटै हो । तर त्यसलाई स्वस्थ बनाउन भने सबैले सक्दैनौ । त्यसको कारण पनि हामी आफैं हौं । जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्म लिन सक्दैनौं, नचाहेर पनि जन्मदैनौं । जन्मपछि जीवन प्रारम्भ हुन्छ र यसको अन्त पनि निश्चित नै छ । जन्मदेखि मृत्यु बीचको अवधि नैं ’जीवन’ कहलाउँछ । एकछिन सोचौं त यो सारा संसारमा कोहि छैन आफू बाहेक । मानिस भएको कल्पना मानिस बिनाको जीवन व्यर्थ छ । फेरि सधैं मानिसै मानिसको भिडमा पनि मानिसको जीवन अशान्त हुन्छ ।
जीवन बाचुन्जेल खाने पिउने, धन आर्जन गर्ने, लोभ मोह, ऋष रागमा अल्मलिने, देखाबा गर्ने र अन्त्यमा आफूले संग्रह गरेका र लोभमा थुपारेका सबै चिज एकदिन सबै यहीँ छोडेर जाने हो । बाँच्छ भने आफूले गरेका पाप र पुण्यको अमर कीर्ति र दुष्कर्म मात्र यहाँ सजीव रहने हो । कसैलाइ दिएको चोखो साँचो माया, उसलाई गरेको सहयोग, साथले कसैको मानसपटलमा मरेर पनि बाँच्ने हो । जीवन मानिसको जन्मदेखि अन्त्यसम्मको एक लामो धागो हो, जहाँ अनेकौं बाधा अड्चन गाँठोको रुपमा रहेका हुन्छन् । हामी सधैं सुखको संसार पनि पाउँदैनौं र दुःखको पनि । दिन पछि रात र रात पछि दिन हुने नै हो । जीवन जिउने पनि एउटा कला हो र मानिस स्वयं कलाकार हो ।
हिन्दीमा एउटा उखान छ “जियो तो अएसे जियो जैसे सब कुछ तुम्हारा है, मरो तो अएसे कि जैसे तुम्हारा कुछ भी नही’। यसको अर्थ फेरि यो होइन् कि नाटकीयशैली, देखाबा अपनत्व, कसैलाइ ठगेर, रुवाएर । प्रेम गरेर । प्रेम बिनाको जीवन र जीवन बिनाको प्रेम फल बिनाको वृक्ष र वृक्ष बिनाको फल जस्तै हुन्छ । प्रेम बिनाको जीवन पानी बिनाको माछा जस्तै हुन्छ । संसारमा एकले अर्कालाई प्रेम नगर्ने हो भने संसार हरेकको लागि अर्थहीन, मूल्यहीन, सुख्खा र बांझो हुन्छ । घमण्ड अहम देखि टाढा भएर जस्तै सत्ता कुर्सी यो सधैंभरी कुनै एक नेताका हुँदैन, आज छोरी छौं भने भोलि आमा ,सासु, हजूरआमा नहुने पनि होइन् । जीवनको संसार दुई प्रकारका छन् । आध्यात्मिक जीवनको संसार र भौतिक जीवनको संसार । र, दुबैमा आ–आफ्नै आनन्द छ । मृत्यु भनेको अन्तिम सत्य हो ।
सबैभन्दा डरलाग्दो, होश उडाउने शब्द हो मृत्यु । मनलाई मारेर बाँच्नु, मर्नुभन्दा खतरापूर्ण हुन्छ । मानिसलाई मृत्यु देखि होइन, जीवन रहँदा पनि जिउन नआउनुसँग डराउनुपर्छ । किनकी मृत्यु भन्दा भयानक त हुन्छ जीउन नआउनु । जसको एक घण्टा पनि ग्यारेन्टी छैन जीवनको उसैले लिन्छ अरूको वर्षौं वर्षको ग्यारेन्टी । एक मिनेटको पनि ग्यारेन्टी नहुनेहरु यसरी देखाउँछन् जस्तै ऊ नै यस धर्तीको अविष्कार छ ।
परम सत्य हो मृत्यु भने जीवन सुन्दर बगैंचा हो । जबसम्म बाचिन्छ खुशि प्रेम र आनन्दित भएर बाँच्दा राम्रो । कोहि छैन दुश्मन सबै छ्न मित्र । के थाहा कहाँ कोसँग यो मृत्युले बिछोड लेखिदेला । सबै कुरा यहि रहने हो । सँगै लग्नु केही छैन् । जीवन जिउनु कला हो । सकारात्मक र खुलेर बाँच्न आउनु पर्यो । मौत को युँही बदनाम करते हैं लोग, तकलिफ तो जिन्दगी देती है’। हुन त यो फिल्मको डाइलोग हो तर यस शब्दको ठूलै अर्थ छ ।
मानिस बाल्यकालदेखि बुढेसकालसम्म गर्नुपर्ने कामप्रति यसरी समर्पित हुन्छ कि आफूले बाँचेको अनुभूति नै गर्न नपाउँदै मर्ने बेला आइसकेको हुन्छ । जीवनभरि गर्नु पर्ने कामहरू गर्दा बाँचेको अनुभूति हुनेगरी गर्नुपर्छ । भोलि आउँदैन । जे छ आज छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
