जनकपुरधाम, ८ पुस । धनुषामा एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ धनुषाको सबैला नगरपालिका वडा नं. ९ मिसराढी र भठिहनको बीचमा एम्बुलेन्सले ठक्कर दिएर गम्भिर घाइते भएका सबैला नगरपालिका वडा नं. १२ बस्ने विपिन भनिने जयनारायण पालको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यदुकुहाबाट बीरेन्द्रबजार तर्फ जाँदै गरेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा पाललाई गम्भिर चोट लागेको थियो ।

यता ठक्कर दिने एम्बुलेन्स चालक महोत्तरीको मटिहानी नगरपालिका–१ बस्ने बिरेन्द्र मण्डल ईलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।