कांग्रेस मधेस प्रदेश सम्मेलनमा मर्यादाको विवाद, निधिद्वारा मञ्चमा आसन ग्रहण गर्न अस्वीकार


जनकपुरधाम, पुस ५ गते । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमले विवाद देखिएको छ ।
बिहीबारदेखि जनकपुरधामको तिरहुतिया गाछीमा सुरु भएको कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएको हो ।
सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन् । मधेस प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि जनाएका छन् ।
कांग्रेसका पूर्वउपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमै आसन ग्रहण गर्न अस्वीकार गरे । उनी दर्शकदीर्घामै बसिरहे । सम्मेलनको पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
