जनकपुरधाम, पुस ५ गते । नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलन विहिवारदेखि जनकपुरधाममा हुँदै छ ।

जनकपुरधामको तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता जनकपुर आउँदै छन् ।

विहिवार उदघाटन सत्र र शुक्रवार बन्द सत्र हुने प्रदेश सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।

उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेताकार्यकर्ता जकपुरधाम आउन थालेका छन् । भोलि बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।