सिम्रौनगढ नगरपालिकाका प्रमुख चढ्ने गाडीमाथि तोडफोड


बारा, मंसिर २७ गते । बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।
आन्दोलनरत शिक्षक कर्मचारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामूदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।
उक्त नगरपालिकामा कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् । उनीहरु दुई महिनादेखि सेवा सुविधाको माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
