काठमाडौं, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ । त्यस्तै, ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा र ३७७ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।