जनकपुरधाम, २९ माघ । मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चार वर्षे कार्यकालको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । यादवले आफ्नो नेतृत्वमा प्राधिकरणले २०७७ सालदेखि २०८१ सालसम्मको अवधिमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् ।
अध्यक्ष यादवले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालका मुख्य उपलब्धिहरू २३ बुँदामा समेट्दै प्राधिकरणलाई व्यवस्थित र सक्रिय संरचनाको रूपमा स्थापित गर्न सफल भएको बताए ।
उनले भने, ‘मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि २०७९ लाई मन्त्रिपरिषद्बाट पारित गराई कार्यान्वयनमा ल्याउन सफल भएका छौं । यसले सञ्चारकर्मीहरूको स्वास्थ्य र सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ ।’
अध्यक्ष यादवले २०७९ सालदेखि मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेको जानकारी गराउँदै चालु आर्थिक वर्षमा ३१८ जना पत्रकारहरूको नाम सिफारिस गरी एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गराउने सम्झौता राष्ट्रिय बीमा कम्पनीसँग गरिसकेको बताए ।
पत्रकार महिलाहरूको स्वास्थ्य र दुर्घटना बीमा कार्यक्रम २०७९ सालदेखि नै सुरु भएकोमा यसलाई थप विस्तार गर्दै सम्पूर्ण सक्रिय पत्रकारहरूलाई समेट्ने काम भएको छ । यादवका अनुसार प्रदेशका ३०९ वटा सञ्चारमाध्यमहरू (पत्रपत्रिका १६५, एफ.एम. रेडियो ६७, टेलिभिजन ९ र अनलाइन ६८) सूचीकृत भएका छन् । तिनीहरूले लोककल्याणकारी विज्ञापन प्राप्त गरिरहेका छन् ।
आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा ४ बुँदे, २०७८/०७९ मा १४ बुँदे, २०७९/०८० मा १९ बुँदे, आर्थिक वर्ष २०८०/०८१ मा ९ बुँदे र चालु आर्थिक वर्ष २०८१/०८२ मा १२ बुँदे प्रगति विवरण सार्वजनिक गरेको छ ।
यादवले आफ्नो कार्यकालका चुनौतीहरूबारे पनि चर्चा गरे । पूर्णकालिन कर्मचारीहरूको अभाव र प्राविधिक समस्या प्रमुख चुनौती रहेको उनले बताए । यसका बाबजुद उनले संस्थागत सुधारका लागि ठोस कदम चालेको र आगामी नेतृत्वले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष यादवले आफ्नो कार्यकाललाई सन्तोषजनक ठहर गर्दै भने, ‘यो चार वर्षको यात्रा चुनौतीपूर्ण भए पनि उपलब्धिपूर्ण रह्यो । हामीले भविष्यका लागि ठोस आधार तयार गरेका छौं । यसबाट मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई दीर्घकालीन लाभ हुनेछ ।’
यादवको चार वर्षे कार्यकाल मंगलबार सम्पन्न भएको छ । उनले प्राधिकरणमा भविष्यमा अझ धेरै सुधारको आवश्यकता रहेको संकेत गरेका छन् ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको हालसम्मको प्रगति विवरण
नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् सञ्चार र सूचनाको हक सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यवसायिक बनाई लोकतन्त्रको सुदृढीकरण गर्न प्रदेश आमसञ्चारमाध्यमको स्थापना र सञ्चालनकालागि वाञ्छनीय भएकोले मधेश प्रदेशसभाले प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ जारी गरेको छ । सोही ऐन बमोजिम निर्दिष्ट गरेका कामकार्वाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन प्रदेश सञ्चार नियमावली २०७७ बनाईएको छ ।
प्रदेश सञ्चार सम्वन्धी ऐन र नियमावलीलाई कार्यान्वयन गर्न गराउनकालागि माननीय मुख्यमन्त्री लालबाबु राउतज्यूको अध्यक्षतामा बसेको मन्त्री परिषद्को मिति २०७७ माघ २३ गतेको बैठकले आमसञ्चार प्राधिकरणको अध्यक्षमा श्री श्यामसुन्दर यादवलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री मा. ज्ञानेन्द्र कुमार यादवज्यूले औपचारिक रुपमा मिति २०७७ माघ २९ गतेबाट आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवलाई नियुक्ति–पत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी २०७७ वैशाख २० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणको सदस्यमा अमरेन्द्र कुमार यादव र प्रतिमा चौधरीलाई नियुक्त गरिएको हो । प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ ले प्राधिकरणलाई अविछिन्न उतराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाको रुपमा परिकल्पना गरेको छ । मधेश प्रदेश सरकारको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको आमसञ्चार प्राधिकरणको कार्यालय धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका वडा नम्वर–२ स्थित कदम चोकमा स्थापना गरिएको छ ।
आमसञ्चारमाध्यमको इजाजत, अभिलेखिकरण, अनुगमन, नियमन, पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने, सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको प्रवद्र्धन, क्षमता अभिवृद्धि, प्रशिक्षण, सेवा–सुविधा, प्रेस प्रतिनिधिको नियमन सहितका विषयहरुमा कार्यहरु आमसञ्चार प्राधिकरणको कार्यक्षेत्रभित्र पर्दछ । सञ्चार ऐन र नियमावलीले निर्दिष्ट गरेको काम, कर्तव्य र अधिकारलाई आत्मसात गर्दै आमसञ्चार क्षेत्रको विकास एवम् प्रवद्र्धनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन हुँदैआएको छ ।
काम, कर्तव्य र अधिकार
प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ को दफा १२ ले आमसञ्चार प्राधिकरणको काम, कर्तव्य र अधिकार निर्दिष्ट गरेको छ । ती देहाय बमोजिम रहेको छः
(क) प्राधिकरणको वार्षिक नीति, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
(ख) प्रदेशस्तरका छापा, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमको दर्ता अभिलेखिकरण र नियमन गर्ने ।
(ग) पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम, रेडियो, एफ.एम. रेडियो टेलिभिजन, केबुल टेलिभिजन र केबुल वितरकको अभिलेख राख्ने ।
(घ) रेडियो र टेलिभिजनका लागि फ्रिक्वेन्सी योजना निर्माण गर्ने, प्रशारण केन्द्रहरुको म्यापिङ्ग गरी संघ, प्रदेश र स्थानीय तहमा वितरणका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने ।
(ङ) आमसञ्चार प्रविधिको प्रयोग र विकास प्रवद्र्धनकालागि आवश्यक कार्य गर्ने ।
(च) आमसञ्चारमाध्यमहरुलाई दिईने सुविधाका सम्वन्धमा मन्त्रालय मार्फत प्रदेश सरकारलाई सिफारिस गर्ने ।
(छ) आमसञ्चारमाध्यमले ऐन बमोजिम प्रदेश सरकारले तोकेको कार्य तथा दिएको निर्देशन लगायतका अन्य कुराहरु कार्यान्वयन गरे नगरेको निरीक्षण अनुगमन गरे नगरेको पाईएमा गर्न लगाउने ।
(ज) आमसञ्चारमाध्यमहरुका बीचमा देखिएका विवादहरु तथा दफा ५४ बमोजिमका उजुरीहरु कार्वाही गर्ने ।
(झ) पत्रकारिता पेशालाई व्यवसायिक एवम् मर्यादित बनाउन आवश्यक नीति योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।
(ञ) पत्रकारहरुलाई पेशाप्रति उत्प्रेरित गर्न नवप्रवर्तन तथा प्रशिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ट) विदेशी आमसञ्चार संस्थाका प्रेस प्रतिनीधिको नियमन गर्ने ।
(ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
प्रदेश सञ्चार ऐन २०७७ ले निर्दिष्ट गरेका कामकार्वाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन प्रदेश सञ्चार नियमावली २०७७ ले प्रदेश आमसञ्चार प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छः
(क) सञ्चार सम्वन्धी प्रशिक्षण तथा अनुसन्धान सम्वन्धी नीति तर्जुमा गर्ने ।
(ख) प्राधिकरणको दिर्घकालिन योजना तर्जुमा गरी स्वीकृत गर्ने ।
(ग) प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रम कार्ययोजना बनाई कार्यान्वयन गर्ने ।
(घ) सञ्चारकर्मीलाई उपयुक्त प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गराउने ।
(ङ) सञ्चारकर्मीका समस्याहरु र तीनका समाधानका उपायहरुका बारेमा समय–समयमा सभा गोष्ठि एवम् सम्मेलनको आयोजना गर्ने गराउने ।
(च) सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न शिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्वन्धी पाठ्यक्रम स्वीकृत गर्ने
(छ) विषय मिल्ने विश्वविद्यालय तथा प्राविधिक शिक्षालयसँग सहकार्य गर्ने ।
(ज) प्रशिक्षण कार्यक्रमहरुको मूल्याङ्कन गर्ने ।
सञ्चार सम्बन्धी कानुनको अवस्था
१. प्रदेश सञ्चार सम्बन्धी ऐन २०७७
२. प्रदेश सञ्चार नियमावली २०७७
प्रदेश एफ.एम. रेडियो तथा टेलिभिजन सञ्चालन सम्बन्धी ऐन २०७७ (नियमावली
नबनेको)
३. मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९
४. मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि २०७९
१. प्रदेश सञ्चार सम्बन्धी ऐन २०७७ (पहिलो संशोधन २०७९)
२. प्रदेश सञ्चार नियमावली २०७७ (पहिलो संशोधन २०७७)
३. मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ (पहिलो संशोधन)
४. प्रदेश सञ्चार नियमावली २०७७ (दोस्रो संशोधन २०८१) संशोधनको क्रममा रहेको ।
१. मधेश प्रदेश सरकारका निकायहरुमध्ये व्यवस्थित एवम् सक्रिय संरचनाको रुपमा आमसञ्चार प्राधिकरणलाई स्थापित गराउन सफल भएको ।
२. स्वीकृत दरबन्दीका कर्मचारी र पदाधिकारीहरुको पारिश्रमिक तथा कार्यालय सञ्चालन लगायतका खर्चहरु सरकारी कोड पिएलएमबिआइएस श्रृजना गराउन सफल ।
३. मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि २०७९ मन्त्री परिषद्बाट पारित भई कार्यान्वयनमा रहेको ।
४. मधेश प्रदेशका सञ्चारमाध्यमहरुलाई २०७९ देखि निरन्तर रुपमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदैआएको ।
५. नेपाली अतिरिक्त मैथिली, भोजपुरी लगायत स्थानीय भाषा तथा साङ्केतिक भाषाको प्रयोग गरी सञ्चारमाध्यमहरुमा विज्ञापन उपलब्ध गराउँदैआएको ।
६. २०७९ देखि पत्रकार महिलाहरुको स्वास्थ्य र दुर्घटना बीमा हुँदैआएकोमा चालु आ.व.मा प्रदेशका सम्पूर्ण सक्रिय पत्रकारको एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गराउनका लागि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग नीतिगत सम्झौता गरिएको ।
७. आमसञ्चार प्राधिकरण मधेश प्रदेशमै अनलाइन मिडिया दर्ता एवम् नवीकरण कार्य, हालसम्म ५४ ओटा अनलाइन दर्ता गरिएको ।
८. अनलाइन पत्रकारिता, छायाङ्कन एवम् सम्पादन, आत्मरक्षा तथा साइबर सुरक्षा, कृषि पत्रकारिता, साइबर सुरक्षा र एआई सम्बन्धी अभिमखिकरण समेत गरी करिब पाँच सय पत्रकारकालाई सीप विकास सम्बन्धी प्रशिक्षण ।
९. पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न ’बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक निर्माण एवम् प्रकाशन।
१०. कार्यविधिहरुको सङ्ग्रह, वार्षिक पुस्तिका, कलेण्डर लगायतका प्रकाशन तथा वितरण ।
११. एफ.एम. रेडियो तथा टेलिभिजनको इजाजतपत्र, लाइसेन्स नवीकरण लगायतका कार्यहरु मधेश प्रदेशबाट हुने गरी नयाँ सञ्चान ऐनको खाका तयार भई प्रक्रिया अगाडि बढेको ।
१२. कार्यालयको वेबसाइट, अनलाइन सफ्टवेयर, पेज, युट्युब च्यानल, क्यूआर कोड सहित आधुनिक प्रविधिको पहुँच अभिवृद्धि ।
१३. प्राधिकरणको गतिविधि समेटिएको प्रचार एवम् सूचनामूलक क्यालेण्डर निर्माण एवम्
सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई वितरण ।
१४ सङ्घीय, प्रादेशिक, स्थानीय लगायत सरोकारवाला निकायसँग समन्वय एवम् सहकार्य ।
१५. मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि संशोधन गरी अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापनको सुनिश्चितता ।
१६. प्रदेश सञ्चार नियमावली २०७७ मा केही बुँदाहरु संशोधन गर्न मन्त्रीस्तरीय निर्णय भई मन्त्री परिषद्का लागि प्रक्रियामा रहेको ।
१७. पत्रकारिता अध्ययन छात्रवृत्ति तथा प्रोत्साहन कार्यविधि २०८१ मन्त्री परिषद्बाट पारित हुनका लागि मन्त्रालयमा पेश गरिएको ।
१८. मधेश प्रदेश आमसञ्चार नीति, २०८१, मस्यौदा निर्माण भई सरोकारवालासँग छलफल कार्य अगाडि बढ्ने क्रममा ।
१९. सञ्चारकर्मीहरुको सबलीकरण तथा सञ्चारमाध्यमहरुको प्रवद्र्धन कार्य, पत्रकारिता अध्ययन छात्रवृति, प्रेस प्रतिनिधि प्रमाण–पत्र लगायतका कार्यहरु चालु आर्थिक वर्षमै कार्यान्वयनको क्रममा रहेको ।
२०. न्यून श्रोत साधन तथा न्यून जनशक्तिका बी कार्यालयको कामकार्वाही प्रविधिमैत्री बनाउँदै चुस्त दुरुस्त एवम् पारदर्शी रुपमा अगाडि बढेको ।
२१. कर्मचारी अभावलाई मध्यनजर गर्दै सफ्टवेयर, एप्पको प्रयोगले सेवासुविधालाई प्रभावकारी बनाउन अग्रसर ।
२२. लोककल्याणकारी विज्ञापनका लागि सूचीकृत हुन सूचना जारी भई हालसम्म सूचीकृत भएका सञ्चारमाध्यमहरुः पत्रपत्रिकाः १६५, एफ.एम. रेडियोः ६७, टेलिभिजनः ९, अनलाइनः ६८ समेत गरी जम्मा सञ्चारमाध्यम ३०९ ओटा ।
२३. स्वास्थ्य र दुर्घटना बीमाका लागि ३१८ जनाको नाम सिफारिस ।
प्राधिकरण स्थापनादेखि हालसम्मको प्रगति (वार्षिकगत)
आ.व. २०७७/०७८
१. आमसञ्चार प्राधिकरणको समन्वय तथा सामुदायिक रेडियो प्रशारक संघको आंयोजनमा २०७८ फागुन २० गते सामुदायिक रेडियोको समस्या र समाधान विषयक ‘कार्यशाला गोेष्ठी’ आयोजना ।
२. कार्यालय स्थापना एवम् व्यवस्थापन (२०७८ वैशाख)
३. कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिनका लागि २०७८ जेठ १० देखि १८ गतेसम्म आठ ओटै जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री वितरण ।
४. सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको हक हितबारे सरोकारवालाहरुसँग जुम मिटिङ्ग एवम् सञ्चारकर्मीहरुसँग निरन्तर समन्वय ।
१. जनकपुरधाममा २०७८ माघ १६–१७ गते राससका पत्रकारहरुको अभिमुखिकरण ।
२. माघ १८ गते पत्रकारहरुको स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया ।
३. चैत्र २८ गते सर्लाहीको लालबन्दीमा पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि मस्यौदा उपर अन्तरक्रिया ।
४. वैशाख १५ गते जनकपुरधाममा सञ्चारमाध्यम र पत्रकारहरुको हित प्रवद्र्धन गर्ने कानुनबारे छलफल एवम् विमर्श ।
५. जेठ १३ गते शुक्रबारदेखि अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नवीकरण कार्य सञ्चालन।
६. आमसञ्चार प्राधिकरणको वेबसाइट सञ्चालन एवम् अपडेटिङ्ग ।
७.. आमसञ्चार प्राधिकरणको आयोजन तथा नेपाल पत्रकार महासंघ शाखा धनुषाको समन्वयमा जेठ ३० गते पत्रकारहरूको लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम ।
८. जेठ ३१ गते महोत्तरीको बर्दिबासमा मधेश प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तरक्रिया ।
९.. सप्तरीको राजविराजमा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम असार १०–१४ गते सम्पन्न ।
१०.. असार १६ गते मधेश प्रदेश सरकारको मन्त्री परिषद्बाट मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ एवम् पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित ।
११. मधेश प्रदेशका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराई भुक्तानी उपलब्ध गराई कार्यविधि कार्यान्वयन गराउन सफल ।
१२. मधेश प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएका १५० जना पत्रकार महिलाहरुको रु. एक लाखको स्वास्थ्य र रु. सात लाखको दुर्घटना बीमा ।
१३. अनलाइन मार्फत प्राधिकरणको सेवा विस्तार गर्न सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर निर्माण ।
१४. सूचना व्यवस्थापन विज्ञापन बोर्ड, सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय, हुलाक सेवा विभाग, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र लगायतका निकायहरुसँग निरन्तर सहकार्य एवम् समन्वय ।
आ.व. २०७९/०८० मा गरिएका गतिविधिहरु :
१. विभिन्न क्षेत्रका पत्रकारहरुसँग छलफल, समन्वय एवम् सहजिकरण ।
२. नेपाल पत्रकार महासंघ धनुषाको सक्षाकक्षमा बार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन सार्वजनिकीकरण ।
३. शितलहरबाट बच्न जनचेतनामुलक सन्देश प्रशारण ८ वटै जिल्लाका प्रतिनिधिमूलक एफ.एम.रेडियोहरुमा ।
४. जनकपुरधाममा श्रव्य–दृष्य छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय प्रशिक्षण ।
५. महोत्तरीको जलेश्वरमा सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठि ।
६. रासस र गोरखापत्र दैनिकमा कार्यरत पत्रकारहरु र संस्थानका अध्यक्ष, महाप्रबन्धक, प्रधान सम्पादक, कार्यकारी सम्पादकहरु बीच सहजिकरण एवम् मधेशका समाचारहरुबारे पर्साको बीरगञ्ज र लालगढमा दुई दिने अभिमुखिकरण ।
७. सर्लाहीको लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण ।
८. महोत्तरीको वर्दिबासमा महिला पत्रकारहरुका लागि साइवर सुरक्षा र आत्मरक्षा सम्बन्धी दुई दिने प्रशिक्षण
९. वार्षिक प्रतिवेदन पुस्तक प्रकाशन एवम् वितरण ।
१०. बाटो पत्रकारिताको नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक निर्माण
एवम् प्रकाशन ।
११. मधेश प्रदेश पत्रकारिता अध्ययन छात्रवृति मस्यौदा २०८० निर्माण ।
१२. मधेश प्रदेशको पत्रकारिता सम्बन्धी अनुसन्धान ।
१३. पत्रकारिता प्रशिक्षण केन्द्र सम्बन्धी अध्ययन ।
१४. संघीयताको मर्म अनुरुप मधेश प्रदेशका सञ्चारमाध्यमहरुमा पहिलो पटक सरकारी तवरबाट साङ्केतिक सहित नेपाली अतिरिक्त मैथिली र भोजपुरी भाषामा विज्ञापन निर्माण गरी सञ्चारमाध्यमहरुमा प्रकाशन तथा प्रशारण ।
१५. लोककल्याणकारी विज्ञापन र पत्रकारहरुको बीमा सम्बन्धी कार्यविधि सङ्ग्रहित हाते पुस्तिका प्रकाशन एवम् वितरण ।
१६. प्राधिकरणको गतिविधि समेटिएको प्रचार एवम् सूचनामूलक क्यालेण्डर निर्माण एवम्
सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई वितरण ।
१७. बीमाको निरन्तरताः पत्रकारिता क्षेत्रमा महिलाहरुको प्रोत्साहनका लागि मधेश प्रदेशका ११० पत्रकार महिलाहरुको एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा ।
१८. मधेश प्रदेशका एफ.एम. रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन मिडियाहरुको अवस्था तथा सामग्रीबारे अनुगमन ।
१९. पत्रकार तथा सञ्चारमाध्यमहरुमाथि भएका दुव्र्यवहार विरुद्ध एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पालना गराउन प्राधिकरणले समय समयमा प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई सचेत गराउने कार्यलाई निरन्तरता ।
१. ‘बाटो पत्रकारिताको’ पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक विमोचन
(मुख्यमन्त्री सरोज कुमार यादवज्यू एवम् मन्त्रीज्यूहरुबाट संयुक्त रुपमा)
२. मुख्यमन्त्रीज्यू र गृह, सञ्चार तथा कानुनज्यूलाई आमसञ्चार वार्षिक प्रतिवेदन हस्तान्तरण ।
३. प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय लगायतका निकायहरुसँग छलफल तथा समन्वय वैठक ।
४. लोककल्याणकारी विज्ञापनका लागि सूचीकरण तथा विज्ञापन उपलब्ध गराएको ।
५. कानूनी जटिलता सम्बन्धी सरोकारवालाहरुसँग राय तथा छलफल ।
६. बीमा सुविधा हस्तान्तरण तथा समन्वय ।
७. मधेश प्रदेश लोककल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाइएको ।
८. अनलाइन मिडिया दर्ता एवम् नवीकरण (म्यान नाघेका अनलाइनको नवीकरण स्थगन
गरिएको)
९. सञ्चारगृह तथा सञ्चारकर्मीहरुको अवस्थाबारे अनुगमन, समन्वय एवम् छलफल ।
१. प्राधिकरणको बजेट पिएलआइएमबीएसमा सुनिश्चितता गराउन सफल भएको,
२. अनलाइनमाध्यमको दर्ता नवीकरण कार्य, (५४ ओटा अनलाइन मिडिया दर्ता भएको)
३. लोककल्याणकारी विज्ञापनका लागि सञ्चारमाध्यमहरुको सूचीकरण कार्य (अनलाइन समेत),
४. मधेश प्रदेशका पत्रकारहरुको बीमा सम्बन्धी सूचना एवम् आवेदन सङ्कलन,
५. प्रदेश सञ्चार नियमावली संशोधन मस्यौदा मन्त्री स्तरीय निर्णय भई प्रक्रियामा रहेको,
६ मधेश प्रदेशका पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमा कार्यान्वयन तथा पत्रकारिता
अध्यययन छात्रवृति र प्रोत्साहन मस्यौदामाथि मन्त्रालयमा पेश गरिएको,
७. राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका पत्रकारहरुको सामूहिक बीमाका लागि
सम्झौता, ३१८ जनाको सिफारिस,
८. साइबर सुरक्षा र ए.आइ. सम्बन्धी एक दिने अभिमुखिकरण सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा सम्पन्न,
९ प्रदेश स्तरीय सञ्चार उत्सव आयोजना गर्नका लागि प्रक्रियाहरु अगाडि बढाइएको,
१०. प्रेस प्रतिनिीध परिचयपत्र मधेश प्रदेशबाटै उपलब्ध गराउने तयारी सहित अन्य ।
११. लोककल्याणकारी विज्ञापनका लागि सूचीकृत हुन सूचना जारी भई हालसम्म सूचीकृत भएका सञ्चारमाध्यमहरुः पत्रपत्रिकाः १६५, एफ.एम. रेडियोः ६७, टेलिभिजनः ९, अनलाइनः ६८ समेत गरी जम्मा सञ्चारमाध्यम ३०९ वटा ।
१२. मधेश प्रदेश आमसञ्चार नीति २०८१ को मस्यौदा निर्माण गरिएको ।